दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यू–१९ एसिया कप : सबै खेल हार्दै बाहिरियो नेपाल, भारतसँग १० विकेटले पराजित

काठमाडौं। एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । दुबईको आइसीसी एकेडेमी ओभल-२ मैदानमा मंगलबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

यससँगै नेपालको एसिया कपमा यात्रा समाप्त भएको छ । पाकिस्तान, अफगानिस्तान र भारतसँग लगातार ३ खेलमा पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

भारतसामू नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । ५३ रनको झिनो लक्ष्य भारतले ७ ओभरमा क्षतिमा पुरा गर्‍यो । भारतको लागि अर्शीन कुल्कर्नीले अविजित ३७ र आदर्श सिंहले अविजित १३ रन बनाए ।

पहिले ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भयो । नेपालले भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ । कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर गर्न नसकेपछि नेपाल सस्तैमा आउट भयो ।

भारतका बलरसामु निरीह बनेका नेपाली ब्याटरको स्कोरकार्डमा पनि दयनीय अवस्था देखियो ।नेपालले ९.५ ओभरमै २१ रनमा ६ विकेट गुमाएको थियो । हेमन्त धामीले बनाएको ८ रन नै नेपालको उच्च स्कोर थियो ।

अर्जुन कुमाल ७, गुल्सन झा ४, दिपेश कंडेल ४, देव खनाल २, सुवास भण्डारी २ र दीपक बोहोरा १ रनमा आउट भए । उत्तम मगर र दीपक डुम्रे भने डगआउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त १२ रन पाएको थियो । भारतका लागि राज लिम्बानीले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  २ : ४६ बजे