आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : ४० बजे