दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एसिया कप क्रिकेट : भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टस जितेर भारतले पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् । नेपाल भने अंकबिहिन रहदै पुछारमा छ ।

नेपालको प्लेइङ ११ :

देव खनाल(कप्तान), अर्जुन कुमाल, दीपक बोहरा, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, दीपक डुम्रे, हेमन्त धामी र आकाश चन्द ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : ३६ बजे