साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

किन भइरहेछ एमालेको सङ्कल्प यात्रामा जनताको अपार सहभागिता  ?

​​​​​​​बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा’ कोसी प्रदेश प्रवेश गर्दैछ । पुष्पलाल मध्य पहाडी लोकमार्गमा भइरहेको यो यात्रामा सामेल नेकपा९एमाले०को यो तीन हप्ते महायात्रामा जनताको अपार सहभागिता रहेको छ । 

मध्य पहाडी लोकमार्गमा पर्ने हरेक पालिकाका बहुसङ्ख्यक जनताले पार्टी अध्यक्ष के पी शर्मा ओलीले नेतृत्व गर्नुभएको शीर्ष नेतृत्वलाई न्यानो स्वागत र अपार श्रद्धा प्रकट गरिरहेका छन्। लट्ठी टेकेर ज्येष्ठ नागरिकहरू, झण्डा बोकेर युवा(विद्यार्थीहरू, झाँकी बोकेर कलाकारहरू, माला बोकेर महिलाहरू, बाजागाजा बोकेर वाध्यवादकहरू, समस्या बोकेर सेवाग्राहीहरू सडकमा निस्किएका छन् । यात्रारत टोलीलाई कतिपय पालिकामा सर्वदलीय स्वागत गरिएको छ भने धेरै जिल्लामा माओवादी नेता(कार्यकर्तासमेत स्वागतमा सामेल भएका छन् । आखिर यसको राज के छ ?

क. निकम्मा गठबन्धन सरकार
जनताको पक्षमा डटेर काम गरिरहेको नेकपा९एमाले०को सरकारलाई असंसदीय माध्यमबाट विस्थापन गरेर बनेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै काम गर्न सकेन । राज्य संयन्त्रको दुरुपयोग गरेर चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिमा मात्र तल्लीन भयो । निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको गठबन्धन सरकार त काण्डै काण्डमा मुछिन पुग्यो । नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड र पछिल्लो एनसेल कर छली प्रकरणमा सरकारको कतै न कतै संलग्नता देखिन्छ । वर्तमान सरकारको गैर जिम्मेवारीपन, दिशाहीनता, अकर्मण्यता, स्वार्थ केन्द्रित क्रियाकलाप, प्रधानमन्त्रीका निकटस्थहरूको कमाउधन्दाको कारण नेपाली जनता वाक्क भइसकेका छन् । यही कारण हो, जनताले वेटिङ गभरमेण्टको रूपमा रहेको प्रमुख प्रतिपक्ष एमालेलाई यति धेरै आशाको नजरले हेरेका हुन् र सङ्कल्प यात्राको भव्य सफलताको लागि सडकमा आएका हुन् ।

ख.गणतन्त्र विरोधी चलखेल
नेपाली जनताको ठुलो त्याग, तपस्या र बलिदानबाट नेपालमा राजतन्त्रीय निरङ्कुशताको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो व्यवस्था कुनै पार्टी विशेष वा नेता विशेषले टुप्लुक्क ल्याइदिएको व्यवस्था होइन । आफ्नो रगत(पसिना खर्चेर ल्याएको पूर्ण लोकतान्त्रिक व्यवस्था विरोधी प्रतिगामी चलखेल भइरहेको वर्तमान सन्दर्भमा त्यसप्रति खबरदारी गर्न मुक्तिकामी नेपाली जनता सडकमा आएका हुन् । तुमुलकारी परिवर्तनको मुख्य संवाहक नेकपा९एमाले०को यो महायात्रामा ऐक्यबद्धता जनाएका हुन् ।

ग. समाजवादको जिगमिषा
लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको छ । नेपाली जनताको अबको यात्रा समाजवादतर्फको हो । जनताको समाजवादी यात्रालाई रोक्न चाहने प्रतिक्रियावादी(पुँजीवादी शक्ति र समाजवादी शक्तिबीचको अन्तर विरोध नै अहिलेको प्रधान अन्तर विरोध हो । समाजवादी यात्रामा अवरोध डाल्ने प्रतिक्रियावादी तत्त्वलाई परास्त गर्न र श्रमजीवी जनताको राज्यसत्ता निर्माण गर्ने उत्कट अभिलाषा राखेर अहिले नेपाली जनता एमालेलाई साथ दिन सडकमा आएका हुन् । नेपाली कम्युनिष्ट पार्टीको मूल प्रवाह, समाजवादी आन्दोलनको प्रमुख नेतृत्वकर्ता पार्टीलाई थप बल प्रदान गर्न जनताले ऐक्यबद्धता प्रकट गरेका हुन् ।

घ.स्थानीय समस्याको पहिचान र निराकरण
‘समृद्धिको लागि सङ्कल्प यात्रा’ मार्फत नेकपा९एमाले०ले मध्य पहाडका जनताले भोगिरहेका विभिन्न समस्याको पहिचान गरेको छ । समस्याको वास्तविक रूपमा पहिचान नगरी तिनीहरूको सही समाधान खोज्न सकिँदैन । हाल एमाले नेतृत्वका स्थानीय सरकारमार्फत र प्रदेश र केन्द्रको सरकारमा पुग्दा एमालेले जनताको हितमा के(के काम गर्नुपर्छ भन्ने प्रष्ट भएको छ । आफ्नो समस्या सुन्न एमालेको सिङ्गो नेतृत्व टिम नै आफ्नो घर दैलोमा आएकोमा मध्य पहाडी क्षेत्रका जनता अनुगृहीत छन् एकातिर भने अर्कोतिर राष्ट्रिय नीति(निर्माण र बजेट निर्माणमा एमालेलाई जनताका गुनासा, सुझाव र पृष्ठपोषण अत्यन्त उपयोगी हुनेछन् ।

एमाले कमजोर भयो, एमालेको नेतृत्व अलोकप्रिय भयो भनेर हौवा पिटाउने तत्त्वलाई एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा’ले एकमुष्ट जवाफ दिएको छ । एमाले मात्र देशको प्रमुख राष्ट्रिय शक्ति हो र यसलाई कमजोर पार्ने वा देखाउने खेल पानीको फोका फुटेसरी समाप्त हुनेछन् भन्नेसमेत अब घामजस्तै छर्लङ्ग भएको छ । यात्राको समापनपछि हुने समग्र समीक्षा र त्यसपछि पार्टीले तय गर्ने मार्गचित्रले देशको सुन्दर भविष्य निर्धारण गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : २४ बजे