एनसेलविरुद्ध सांसद अमरेशले हालेको रिटमा आज सुनुवाइ हुँदै, अदालतमै प्रधानमन्त्रीको कान्ड पेश गरिने

काठमाडौं । दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दुई दिन ‘हेर्न नभ्याइने’ मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेपछि रिटको पेशी आजलाई सरेको हो । सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गरेका छन् ।

सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् । 

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

सांसद सिंहले प्रधानमन्त्री र उनकी पुत्री ग‌ंगा दाहालले ब्यापारीसँग डिल गरेर अकुंत सम्पती कमाइरहेको भन्दै उक्त अडियो स‌वाद अदालतमै सार्वजनिक गर्ने बताउँदै आइरहेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : २५ बजे