आन्तरिक हवाई उडानमा अत्यधिक चाप

२०२४ को इपिएस कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले गरे विरोध प्रदर्शन

काठमाडौं । कोरिया भाषा परीक्षा (ईपीएस) २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

इपिएस परीक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परीक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परीक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।

बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलेपछि विरोध गर्न बाध्य भएको बताए । उनले आफूहरुको माग सुनुवाई नभएकाले अनसन लगायतका आन्दोलन गर्ने बताए । प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर, इपिएसको मनोमानी बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : २१ बजे