सुनको मूल्यमा नयाँ कीर्तिमान

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कास्की । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको मृत्यु भएको छ । उनीहरू दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ११ : २७ बजे