साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । 

टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताउनुभयो । “लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिबद्धता हुनेछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताउनुभयो । लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

अधिवक्ता सविन श्रेष्ठले गत वर्ष मात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिनुभयो । “चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । रासस

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ११ : १३ बजे