आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक, आजलाई सेयर कारोबार बन्द

काठमाडौं । नेप्से परिसूचक एकैदिन ६ प्रतिशतले बढेपछि  आजको सेयर कारोबार बन्द भएको  छ ।

आइतबार बजार खुलेदेखि नै लगातार बढ्न थालेको नेप्से परिसूचक डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

नेप्से पहिलो एक घण्टामा ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि,  दुई घन्टामा ५ प्रतिशतले बढे ४० मिनेटका लागि र ६ प्रतिशतले बढे दिनभरका लागि कारोबार बन्द हुने व्यवस्था छ।

आज कूल ९ मिनेटमा मात्रै सेयर कारोबार भयो।

नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेपछि सेयर बजारमा उछाल आएको लगानीकर्ताहरू बताउँछन्। 

राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएपछि बजारमा उत्साह देखिएको हो।

मौद्रिक नीतिको समीक्षा  सेयर धितो कर्जाको जोखिम भार १२५ मा झारेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ५० बजे