दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यू- १९ एसिया कप : हेमन्त धामीले लिए लगातार दुई विकेट

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानको तीन विकेट झारेको छ ।

नेपालका हेमन्त धामीले अफगानिस्तानको लगातार दुई विकेट झारेका हुन् । उनले छैँठौ ओभरको दोस्रो बलमा खलिद तानिवाललाई १० रनमा आउट गराए । लगत्तै तेस्रो बलमा अकरम मोहमजाई लाई शुन्य रनमा आउट गराए ।

यसअघि गुल्शन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका थिए ।

अफगानिस्तानले ताजा स्थितीमा ७ ओभरमा तीन विकेट गुमाएर ३४ रन बनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : १२ बजे