दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालका लागि गुल्सन झाले लिए पहिलो विकेट

काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालका लागि गुल्सन झाले पहिलो विकेट लिएका छन्।

आइतबार बिहान दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा झाले अफगानिस्तानका वफीउल्लाह तराखिललाई आउट गराएका हुन् ।

 तीव्र गतिका बलर झाको बलमा उनलाई देव खनालले क्याच आउट गराएका थिए। नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ। अहिले अफगानिस्तान ३ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा २७ रन बनाएर खेलिरहेको छ।

सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : ४७ बजे