सुनको मूल्यमा नयाँ कीर्तिमान

पेस्तोल र २० थान गोलीसहित हेटौँडाबाट तीन युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित तीन युवकलाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

गत सोमबार राति गोली प्रहारको घटना मङ्गलवार दिउँसो जानकारीमा आएपछि परिचालित प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा हेटौँडा ९ का ३३ वर्षीय निश्चल पाण्डे‚सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षका प्रितम क्षेत्री छन्।

उनीहरूको साथबाट घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : ०८ बजे