साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय (गीति कविता)

समृद्धिका लागि बढ्यो सङ्कल्पको यात्रा

गाउँ घर टोल जगाउँदै एमालेको दस्ता

भूगोल जाती धर्म भाषा एकीकरण गर्ने

विकाशको मूलबाटोमा देशलाई हिँडाउने

अभियान यो एमालेको सर्वोत्तम छ जो

कालीदेखि मेचीसम्म पर्वत नाघ्दै बढ्यो

झुलाघाटले चिवाभन्ज्याङसँग मित लायो

जनताका मर्का बुझ्न एमाले त्यहाँ गयो

सँगै गए अग्ला नेता सुन्न जनका बेथा

आशावादमा अल्झिएका अविश्रान्त कथा  

अच्छा माने जनताले नेता घरमै आउँदा

बिन्ती गरे निम्त्याउन उनका पीर मर्का   

एउटै एउटै खालका सुझाव जनताको आछ

शान्ति विकाश रोजगारी मुख्य माग रछ

गणतन्त्र ठिकठिकै छ चाहिया छैन राजा

पाल्न महँगो सेतो हात्ती फालौँ सङ्घीयता

भन्छन् तिनले चुरो कुरो सुर्ताएर अल्ली

गठबन्धनको चर्तिकला भयो घाँटी घाँटी

हाम्रो मनमा कोही छैन काखा एवं पाखा

अन्यत्रीका दोस्त जति आउनै छाडे यता

बरु देश जोगाउँ भन्दै एमाले नै आउँछ

जनताका घर आँगनमा यही पार्टी धाउँछ

गर्छ विकास एमालेले हाम्रो आशिष पाए

मतदाताले आफ्नो विवेक कत्ति नगुमाए

अन्यत्रीका इशारामा चल्ने दलमा लाग्दा

खै कसरी बाँच्छ पहिचान देशै धुज्याउँदा ?

गम्भीर बनौँ सबै जना भित्री आँखा खोलौँ

रक्षा गर्न देशको सत्त्व शमशेर बनी उठौँ

हिमशिला – २१/०८/२०८०, काठमाडौँ

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : २८ बजे