आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सिरहामा ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

जनकपुरधाम । सिरहाको औरही गाउपालिका‌ २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने  एकजना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् ।

ट्र्याक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिए । 

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १२ : १४ बजे