दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एसीसी यु–१९ एसिया क्रिकेट: आज दुई खेल हुँदै

काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत युएई र बङ्गलादेश तथा श्रीलङ्का र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबईमा सुरु हुनेछन् । ८ देश सहभागी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन् । समूह  ‘बी’ मा घरेलु टोली युएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन्।

समूह ‘ए’ मा रहेका टोलीले एक–खेल खेलिसकेका छन् । शुक्रवार भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि अफगानिस्तानसँग र मङ्गलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

 

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : ५१ बजे