काठमाडौँ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० सम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो ।
प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार ७ : ५९ बजे
प्रतिक्रिया