सुनको मूल्यमा नयाँ कीर्तिमान

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी गराउनुभएको हो ।

उहाँले आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागू गरेको बताउनुभयो । सरकारले राष्ट्रपति कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै विश्व बैङ्कबाट प्राप्त हुने प्रस्तावित सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ) ऋण सम्बन्धी सम्झौताको दस्ताबेजलाई अन्तिम रुपमा दिन बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने, जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन युरो (करिब ५ अर्ब ९ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने र उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने, पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनको लागि साउदी अरेबिया सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकन डलर बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ३८ बजे