दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालल ४७.२ ओभरमा १५२ रनमा अलआउट भएको हो।

नेपालको लागि उत्तम मगरले ५१ रन बनाए। उनले ७६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। १६ ओभरको समाप्तीमा ५ विकेट गुमाएसँगै धरमराएको नेपाली ब्याटिङलाई उत्तम र दिपेश कंडेलको साझेदारीले सम्हाल्यो। उत्तम र दिपेशले १०० बलमा ६८ रनको साझेदारी गरे।

सुबास भण्डारी ८ रनमा अविजित रहे। दिपेश कंडेलले ३१ रन र अर्जुन कुमालले २१ रन बनाए। नेपालका ५ खेलाडीले दोहोरा अंक बनाउन सकेनन्। कप्तान देव खनाल र विपिन रावल भने डगआउट भए।

पाकिस्तानको लागि मोहम्मद जिशानले ६, अमिर हसनले २ तथा उवेद शाह र अलि अस्फन्दले १–१ विकेट लिए।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : १९ बजे