एमाले अध्यक्ष ओलीसहितको टोलीलाई पोखरामा भव्य स्वागत (तस्बिरहरू)

​​​​​​​पोखरा । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा भव्य स्वागत भएको छ । 

एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राको अभियान अन्तर्गत अध्यक्ष ओलीसहितको टोलीलाई पोखरामा आज भव्य स्वागत भरिएको हो । 

आज पुष्पलाल पार्क, जिरो किमी, अमरसिंह चोक र तालचोकमा पार्टी अध्यक्ष ओलीसहितको उक्त टोलीलाई फुल माला, खादा, फेटा, भाङ्ग्रा समेत लगाउँदै स्वागत गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । 

पोखराको अमरसिंह चोकमा बिहानै ८ बजे देखि ठुलो सङ्ख्यामा एमाले नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

 

​​​​​​​

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ५९ बजे