काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यहरूमा सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव द्वय बाबुराम भण्डारी र हृदेशकुमार शाक्य, तथा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ ।
समितिलाई ३० दिनभित्र एनसेलको शेयर विक्रीका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार ११ : २३ बजे
प्रतिक्रिया