विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाली नागरिकलाई नक्कली भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने तीन जना पक्राउ

काठमाडाैँ । नेपाली नागरिकलाई नक्कली भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने गरेको पाइएको छ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका क्यासिनो गतिविधि सूक्ष्म रुपमा निगरानी गरेर यस्तो तथ्य भेटाएको हो।

प्रहरीले यस क्रममा नक्कली भारतीय आधार कार्ड बनाइदिने गिरोहका तीन जनालाई पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, चिसंखुगढी गाउँपालिका–८ रातोमाटे, ओखढुंगा घर भई ललितपुर सातदोबाटो बस्ने ३९ वर्षीय नविन राई र तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौँको तारकेश्वरमा बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सुरुमा दोलखाका खड्काले भारतीय नक्कली आधारकार्ड बनाएर नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउन सघाउने गरेको सूचना पाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए। सोही सूचना पछ्याउँदै जाँदा तीन जना पक्राउ परेको उनले बताए।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ५५ बजे