आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु,चार घाइते

विराटनगर  । विराटनगर महानगरपालिका–७  स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधवार दिउँसो आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको पहिचान खुलेको छैन ।

घाइतेमध्ये तीनजना अजिता सरदार,सुशीला पासवान, पिंकी कामतको न्युरोमा र एकजना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । उपचारतमध्ये दुईको अवस्था गम्भीर रहाेकाे प्रहरीले बताएकाे छ । 

कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।

 

  

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ५४ बजे