सुनको मूल्यमा नयाँ कीर्तिमान

एनसेल खरिद–बिक्रीबारे लेखा समितिमा आज छलफल

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे बुधबार छलफल गर्ने भएको छ । 

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो । 

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो। 

समितिको बैठक दिउँसो २ बजे बस्नेछ। 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ४३ बजे