विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बाख्रा बस्तुको विषयलाई लिएर विवाद हुँदा श्रीमतीले गरिन् गलबन्दीले घाँटी कसेर श्रीमानको हत्या

उदयपुर । सामान्य विवादको क्रममा हात हालाहाल गर्दा उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतीमा श्रीमतीको हातबाट श्रीमानको ज्यान गएको छ ।

बाख्रा बस्तुको विषयलाई लिएर विवाद हुँदा ५० वर्षीया निरकुमारी राईले आफ्नो ६० वर्षीय श्रीमान् श्यामबहादुर राईले लगाइरहेको गलबन्दीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले जनाएअनुसार उनीहरू बिच गत शनिवार विवाद भएको थियो । त्यही विवादको क्रममा मृतक श्यामबहादुरले लगाएको गलबन्दीले घाँटी कसेर श्रीमती निरकुमारीले हत्या गरेको थियो ।

शनिवारको घटना भए पनि निरकुमारीले लुकाएर राखेको थियो । श्यामबहादुर हराएको भन्दै छिमेकी र आफन्तहरूले खोजी गर्ने क्रममा मङ्गलवार बिहान घर नजिकै गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य कुबेर कुमार क्रन्जा मगरले बताए ।

वडा सदस्य मगरका अनुसार शव फेला परेपछि निरकुमारीले हत्या स्वीकार गरेको थियो । 

अहिले श्यामबहादुरको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ भने निरकुमारीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ११ बजे