विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

समीर मृत्यु प्रकरण : नियन्त्रणमा लिएका ३ जनाएको नाम सार्वजनिक 

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका -५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले पक्राउ  गरिएका ३ जनाको नाम सार्वजनिक गरेको छ । 

मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले पत्रकारसँगको एक कार्यक्रममा ३ जनाएको नाम सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला दिपायल सिलगढी नगरपालिका -५ पुन्ना बस्ने वर्ष ३० का लक्ष्मण विष्ट, वर्ष ३० को देवराज भट्ट र सोही ठाउँकै वर्ष ३० का राम विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिष्णुहरी कोइरालाले बताए । 

३० वर्षीय समीर मङ्सिर १२ गते बिहान ०७ : ०० बजेको समयमा दिपायल सिलगढी सडक खण्ड अन्तर्गत  दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित पक्की सडक खण्डको नालीमा मृत फेला परेका थिए । 

उनीहरू ३ जनाको नाममा १३ गते मृतकको बुवाले प्रहरी कार्यालयमा ठाडो निवेदन दिए पश्चात् उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

मङ्सिर १४ गते ३ जनाको नाममा कर्तव्य ज्यान सम्बन्धी जाहेरी प्राप्त पश्चात् सम्मानित अदालत डोटीबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक कोइरालाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ०४ बजे