काठमाडौं । पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।
भेपमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेर पूर्पक्षका लागि कारागारमा रहेका राहुलाई बयानका लागि सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको हो ।
आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन आग्रह गरेको हो।
उनलाई आजै सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराउने तयारी छ ।
महरा गत भदौ १३ गते पक्राउ परेका थिए ।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार १२ : ३६ बजे
प्रतिक्रिया