सुनको मूल्यमा नयाँ कीर्तिमान

विप्लवसहित चार जना नेताविरुद्ध पक्राउ पूर्जी जारी

​​​​​​​काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पूर्जी जारी भएकाे छ ।

जिल्ला अदालत काठमाडौंले विप्लवसहित नेकपाका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरेकाे हाे ।

अदालतले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै पक्राउ पूर्जीबारे जानकारी दिएकाे हाे । सूचनामा सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उहाँहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन आग्रह गरिएकाे छ ।

उहाँहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा ०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । ०८० मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पूर्जी जारी गरिएकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : १७ बजे