विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बिलबुक भित्र एक हजार राखेर घुस दिन खाेज्ने एक जना पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी चेकजाँचको क्रममा घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काभ्रेको रोशी गाउँपालिका-८ बस्ने सानुकान्छा तामाङलाई उनले चलाएको स्कुटीसहित नियन्त्रणमा लिएको हो । आज (सोमबार) अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तामाङ पक्राउ परेका हुन् ।

बा.प्र.०२–०३७ प ०९९७ नं.को स्कुटीमा धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेका तामाङलाई प्रहरीले सवारी चालक अनुमति पत्र मागेको थियो । सो क्रममा उनले पटक– पटक ‘मेरो लाईसेन्स यो हो भनि बिलबुक भित्र एक हजार राखेर दिन खोजेका थिए ।

डिउटीमा खटिएको प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई प्रभावमा पारी कर्तव्यपथ बाट बिचलित गर्न दुरुत्साहान गरिएको अभियोगमा उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  २ : ४९ बजे