विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका पाँचजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार  दरबारमार्ग,नयाँ बसपार्क, तिङलेङ्टार,बानेश्वरलगायत विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा  रामेछापका २७ वर्षीय  छत्रबहादुर रोक्का,ओखलढुंगाका ३३ वर्षीय गोपाल थापा,सिन्धुलीका ४४ वर्षीय सेते सार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन्।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको  छ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १ : ५७ बजे