दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । 

सोमबार  तोलामा ८०० रुपैयाँले बढेर प्रति तोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। 

यस्तै तेजाबी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख २० हजार  ८०० रुपैयाँमा कारोबार भएको  थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर रहेको छ।आज चाँदी प्रतितोला १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ।

 

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ११ : २५ बजे