सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउन्डेड

मुगु ।  नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएको छ। नेपालगन्जबाट रारा विमानस्थल पुगेको नेपाल एयरलाइन्सको नाइन एनएबियु कल साइन भएको विमान ग्राउण्डेड भएको हो। 

तीन यात्रु बोकेर आइतबार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज फर्कने बेलामा ब्याट्रीमा समस्या देखिएको थियो। जहाँजमा समस्या आएपछि नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गरिएको थियो।

नेपालगंजबाट ब्याट्री ल्याएपछि १३ जना यात्रुसहित जहाँज सोमबार नेपालगन्ज उडान भर्ने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए। उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरू रारा विमानस्थलस्थित होटलमा बसेका छन्। 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ५४ बजे