साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बेगनासतालमा रहेको मोटरबोट बन्द गर्न पोखरा महानगरपालिकाको निर्देशन

पोखरा । पोखराको बेगनासतालमा ६ महिना देखि सञ्चालनमा रहेको मोटरबोट बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिलाई एक पत्र लेखेर महानगरले तत्कालै मोटरबोट बन्द गर्न निर्देशन दिएको हो ।

मोटरबोट सञ्चालन गर्दा अन्य डुङ्गा व्यवसायमा असर पु¥याएको, माछालगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको जनगुनासो आएका कारण महानगरले तत्काल मोटरबोट बन्द गर्न आदेश दिएको महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले बताउनुभयो ।

पोखरा ३१ मा पर्ने बेगनासतालमा मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति र स्थानीयको पटक पटक गुनासो आएकाले बन्द गर्न निर्देशन दिइएको महानगरले बन्द गर्न निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ । 

महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरी जानकारी गराउन वडा कार्यालय पोखरा ३१ लाई निर्देशन समेत दिएको छ । 

बेगनासताल मत्स्य व्यवसायी समितिले रामसार सूचीमा सूचीकृत बेगनास तालमा मोटरबोट सञ्चालन रोक्का गरिदिन महानगरलाई पत्र सहित आग्रह गरेको थियो ।

बेगनास तालमा मोटरवोट सञ्चालन हुँदा ५४ घर परिवारको जीविकोपार्जन लगायत वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै रोक्का गरिदिन जलारी समूहले केही समय अघि महानगरमा ज्ञापन पत्र बुझाएकाे थियाे । 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ५९ बजे