आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विमानस्थलको प्रतिक्षालयमा बसेकी महिलाको ह्यान्डब्यागबाट जब धुँवा निस्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

प्रवक्ता साहका अनुसार ती यात्रुले पिठ्युँमा झोला बोकेका थिए । त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ । अहिले ती यात्रु सकुशल छन् । विमानस्थलको अवस्था पनि सामान्य छ । भौतिक क्षति केही पनि भएको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : २१ बजे