विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कुचोको डाँठले हिर्काएर आफ्नै बुवाको हत्या गरेकाे आराेपमा छाेरा पक्राउ

काठमाडौं । नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  

६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : १३ बजे