एमालेको झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जाने

दिपायल । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जाने भएको छ । 

डडेलधुराको अमरगढीमा शुक्रवार आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको र आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने  प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मङ्गलसेनमा हुने प्रमुख गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौखुट्टे,साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा,पार्टी कार्यकर्ताहरूसँग भेटघाट हुनेछ । दिउँसो मङ्गलसेनमा आमसभाको तयारी रहेको छ । टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ । शुक्रवार टोलीले ७० किलोमिटर यात्रा गरेको थियो ।

मध्यपहाडको विकास र समृद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका सङ्कल्प यात्रा गरेको हो । 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : ०४ बजे