सुनको मूल्यमा नयाँ कीर्तिमान

टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : १९ बजे