सुनको मूल्यमा नयाँ कीर्तिमान

बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : १८ बजे