दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इजरायल र हमासबीच फेरि युद्ध सुरु

एजेन्सी। गाजा क्षेत्रमा पुन: हमास र इजरायलबीच युद्ध सुरु भएको छ । हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले दक्षिणी गाजा, खान युनिस र रफाह क्षेत्रमा आक्रमण भएको बताइएको हो । युद्धविरामको म्याद सकिएको केही मिनेटपछि उत्तरपश्चिम गाजामा इजरायली सैन्य गाडीहरूले गोली चलाएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायल तर्फ फायरिङ गरेर युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै हमास विरुद्ध लडाई कारबाही पुन: सुरु गरेको सिएनएनले बताएको छ । शुक्रबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो ।

अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन । युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : २१ बजे