विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

खाल्डाेमा पारेर गैंडा मारी खाग बेच्ने ८ जना सार्वजनिक

चितवन । चितवन निकुञ्ज कार्यालयले खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका आठजनालाई बिहीबार  सार्वजनिक गरेको छ ।गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालले जनाएको छ । 

पक्राउ पर्नेमा मकवानपुर हेटाैंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य याेजनाकार भएकाे निकुञ्ज कार्यालयले जारी गरेकाे प्रेेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनकाे राप्ती-९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ-९ मुल घरभइ हेटाैंडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने याेजनाकार भएकाे बताएकाे छ ।उनीहरू पनि नाै गते नै राप्ती-६ बाट समातिएका हुन् । गैंडाकाे खाग पनि राप्ती-६ मा नै फेला परेकाे प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह माेक्तान, राेल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटाैंडा-५ बस्ने २८ वर्षका अर्जुन राेका, घले भन्ने गाेरखा बारपाक घर भई भरतपुर-११ लामा टाेल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन काेराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बाे भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ काे इन्द्रबहादुर तमाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नाै गते समातिएका हुन् ।

 

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनकाे म्याद दिएकाे निकुञ्जका सुचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताए । उनीहरूलाई अनुसन्धान गरि मुद्दा चलाउन ४५ दिनसम्मकाे समय पाइन्छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : ०३ बजे