दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

श्रीमान् श्रीमतीको झगडाले उडिरहेकाे जहाज जब डाइभर्ट भयाे…

नयाँ दिल्ली । श्रीमान् श्रीमतीले झगडा गरेपछि जर्मनीबाट थाइल्याण्डका लागि उडेको जहाज डाइभर्ट गरिएको छ ।

यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार भारतको दिल्लीतर्फ डाइभर्ट गरिएको हो ।

“विशेष रूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि क्याबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ ।

दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुप¥यो ।”

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । तर अज्ञात कारणले त्यो अनुरोध पूरा भएन । त्यसपछि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ०४ बजे