‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बेलकोटगढीले किनेका तीन एम्बुलेन्स स्वास्थचौकीलाई हस्तान्तरण,अपाङ्ग र सुत्केरीलाई पैसा नलाग्ने

​​​​​​​बेलकोटगढीले संचालनमा ल्यायो तीन एम्बुलेन्स नुवाकोट । बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स संचालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफु निर्वाचित हुने वित्तिकै सपथ खानेबेलामा ६ वटा एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नुभएको थियो । सोही बाचा अनुसार नगरपालिकाले हाल तीन वटा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरि संचालनमा ल्याएको हो ।  नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढि नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ चौकी, बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ चौकीलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले संचालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ चौकिको सिफारिसमा पुर्ण अपाङता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निशुल्क सेवा उपलब्ध गराउने बताउनुभयो ।

उहाँले अहिले भूगोलका हिसाबले तीनबटा क्षेत्रलाई पाएक पर्ने गरी एम्बुलेन्स खरिद गरिए पनि यसलाई थप गर्दै लगिने बताउनुभयो । स्वास्थ्य सुविधा पाउनु जनताको नैर्सगिक अधिकार भएको बताउँदै उहाँले नगरपालिका नगरबासीहरुको यस अधिकारका लागि सधै तत्पर रहेको बताउनुभयो ।

नगरपालिकाले प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैँयामा एम्बुलेन्स खरिद गरेको हो । भन्सार महसुल, प्रज्ञापन पत्रशुल्कगरी कुल ५९ लाख ९८ हजार ५०० रुपैंयामा तीन बटा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याइएको हो । नेपालकै कान्छो नगरपालिका बेलकोटगढीमा यी एम्बुलेन्स संचालनमा आएसँगै ग्रामिण भेगका नागरिकहरुलाई निक्कै सहज भएको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : १९ बजे