देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्यानक्रेटिक क्यान्सर पहिल्यै पत्ता लगाउन एआईको सफलता

चिनियाँ वैज्ञानिकहरूले विकास गरेको एक ‘आर्टीफिसियल इन्टेलीजेन्स टुल्स’ ले क्यान्सरको राजा मानिने प्यानक्रेटिक क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सफल भएको छ ।

अलिबाबा कम्पनीका लागि वैज्ञानिकहरूले विकास गरेको यो स्क्रिनिङ्ग प्रविधिले परीक्षणमा ९९ दशमलव ९९ प्रतिशत सफलता देखाएको छ । एक हजार मानिसको पेटको पेनक्राइजको स्क्रिनिङ्ग गर्दा एक जनाको मात्रै असफल भएको थियो ।

यो क्यान्सर लागेका मानिसको सुरु अवस्थाको पत्ता लगाउन निकै मुस्किल मानिन्छ, जब पत्ता लगाउन सकिन्छ, त्यति बेला रोगीलाई बचाउन प्राय असम्भव भैसकेको हुन्छ । यसको उपचार सफलताको दर १० प्रतिशत मात्रै छ ।

तर मायो किल्निकका अनुसार पेन्क्राइजको क्यान्सर सुरुमै पत्ता लाग्यो भने उपचार एकदम सहज छ र, रोगीलाई बचाउन सकिने सम्भावना उच्च रहन्छ ।

अलिबाबा समूहको डेमो ऐकेडेमी र एआई अनुसन्धानकर्ताहरूको सहकार्यमा बनाएको सो टुल्सले पेनक्रइजमा हुने क्यान्सरको सुरु अवस्थाको नै जानकारी दिएपछि उपचार गर्दा यसका रोगीहरूको बाँच्ने समय ९ दशमलव ८ वर्ष बढाउन सकिने दाबी अनुसन्धान कर्ताहरूले गरेका छन् । जबकि अन्य अवस्थामा त्यस्ता क्यान्सरका रोगीको बाँच्ने समय एक दशमलव ५ वर्ष मात्र हुनसक्छ ।

यो प्रविधि प्रारम्भिक परीक्षणकै अवस्थामा छ । यसको सफल परीक्षणका लागि अझ धेरै काम गर्ने बाँकी रहेको उल्लेख गर्दै यो प्रविधिलाई क्लिनिकल प्राक्टिसमा लैजान चिनियाँ सरकारले अनुमति दिन बाँकी रहेको अलिबाबाले जनाएको छ ।

चिनियाँ सरकारले रोग उपचारका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित इमोजिङ्ग एप्लिकेशलहरुलाई अझै पनि स्वीकृत दिएको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : १३ बजे