सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विवाहमा गएका युवकमाथि कुटपिट गरी हत्या, १४ जना प्रहरी नियन्त्रणमा

धनगढी । कैलालीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ ।

कुटपिटबाट घोडाघोडी नगरपालिका वडा नम्बर २ का मोहन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते अधिकारीको उपचारका लागी टिकापुर अस्पतालमा पुर्‍याए लगत्तै मृत्यु भएको बताइएको छ । बेहोस अवस्था भेटिएका उनलाई उपचारका लागी लालरत्न अस्पताल पुर्‍याएको थियो ।

लम्कीचुहा नगरपालिका ९ घोराघाटका डिल्ली कोईरालाको विवाहमा गएका उनीमाथि कुटपिट भएको प्रहरीको भनाई छ । प्रहरीले कुटपिट घटनामा संलग्न रहेको आशङ्कामा लम्किचुहा नगरपालिका ९ का  १४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू सबैलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : २२ बजे