सुनको मूल्यमा नयाँ कीर्तिमान

तनहुँको घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते 

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । 

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । 

घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ । 

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ४० बजे