सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

वीरगंज  । सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट बीरगंजतर्फ ल्याउँदै गरेको अवस्थामा मङ्गलवार दिउँसो श्रोत खुल्न नसकेको १० लाख नगदसहित भारतीय नागरिक पूर्वचम्पारण रक्सौल ७ अरुवा टोल बस्ने २३ वर्षीय उमेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी गण नम्बर १३ हेडक्वाटर पर्सा र सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको संयुक्त टोलीले बीरगंज रक्सौल सडक खण्डको भन्सार गेट अगाडीबाट रक्सौल हुँदै वीरगंजतर्फ आउँदै गरेको विआर ०५ एआर ८१०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको हेलमेट भित्रबाट श्रोत नखुलेको १० लाख रुपैयाँसहित यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

बरामद गरिएको  १० लाख र यादवलाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका सूचना अधिकारी डिएसपी सङ्गम श्रेष्ठले बताउनुभयो । 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : २८ बजे