सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गरेकाे आरोपमा आमाछोरा पक्राउ

काठमाडौं । अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई पक्राउ गरेको हो। 

विशाल र शान्ति आमाछाेरा हुन् । विशाल र शान्तिले रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै चन्द्रबहादुर रावलसँग १५ लाख ठगी गरेका थिए।

उनीहरूले मासिक ३ लाख तलब हुने भन्दै प्रतिव्यक्ति ४० लाग माग गरेका थिए। श्रेष्ठद्वय पैसा ठगेर सम्पर्कविही बनेकाथिए। उनीहरुलाई थप अनुस्नधा गर्ने काम भएरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ५९ बजे