दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

उत्तरपश्चिम कम्बोडियामा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

नोम पेन्ह । उत्तरपश्चिम कम्बोडियाको सिम रीप प्रान्तको कुलेन माउन्टेनको सडकमा पिकअप ट्रक पल्टिँदा छ जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन्।

स्वे लेउ जिल्लाका प्रहरी प्रमुख यिप युङछ्याङले दिएको जानकारी अनुसार पहाडको चुचुरोबाट प्यागोडा दर्शन गरेर फर्किँदै गरेका यात्रु ओर्लिँदै गर्दा दुर्घटनामा परेका हुन् । 

 ‘दुर्घटनामा दुई महिलासहित ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्,’  युङछ्याङले  बताउनुभएको छ । 

कुलेन माउन्टेन यसको झरना र पहाडको टुप्पोमा रहेको बौद्ध प्यागोडाका लागि प्रसिद्ध  छ । सिएम रीप प्रान्तको प्रसिद्ध अङ्कोर पुरातात्त्विक पार्कबाट लगभग ७० किलोमिटर पूर्वमा अवस्थित छ। अत्यधिक तौल र लापरबाहीका कारण दुर्घटना भएको उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ४७ बजे