दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

केपी ओली कप : सुदुर पश्चिम विरुद्ध मधेश प्रदेशको सानदार जित

कास्की। केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशमाथि ८ विकेटले सानदार जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगितामा सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै जित निकालेको हो ।

टस जितेको सुदुर पश्चिमले १५।५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमाउन पुग्यो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पेभिलियन फकिंदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । त्यस्तै खडक बोहोरा ९ बलको समना गर्दै एक रनमा पेभिलियन फर्किए । बसन्त कार्की ४ रन बनाए । किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिदाँ भोजराज भाट भने १० रन बनाए ।

मधेश प्रदेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए भने अनिल साहले १ विकेट लिए ।

यता मधेश प्रदेशले २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो । मधेशले ६२ रन बनायो । तिन बल फेस गरेका हरिंशकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरे पछि मधेश दवावमा परेको थियो । तर अनिल साहले जितको आधार तयार पारे । अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनााए । उनी पनि बोहोराकै बलमा आउट भए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गरे । दुवै नटआउट रहे ।हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ५८ बजे