दाङमा कुलाेमा खसेर एक जना पुरुषकाे मृत्यु

दाङ । दाङको देउखुरीमा १ जना पुरूषको कुलोमा खसेरमा मृत्यु भएको छ ।

राप्ती गाउँपालिका राप्ती गापा ७ अर्नहनपुर स्थित जोकही कुलोमा खसेर सोही वडाको छोट्की सिसहनियाँ निवासी वर्ष ४१ का पृथ्वी चाैधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

रामघाट मेला हेरेर घर फर्किने क्रममा कुलोमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 स्थानीयले प्रहरीलाई आज विहान ६:३० बजे जानकारी गराएपछि शवलाई कुलोबाट निकालेर पोष्टमार्टमका लागि लमही अस्पताल पठाएको प्रहरीले बताएको छ । ती पुरूषले मादक पदार्थ सेवन गरेर हिडेका बेला कुलोमा खसेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ०१ बजे