सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

ताप्लेजुङ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान उहाँमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन ।खुकुरी प्रहार गर्ने लिम्बु घटनालगत्तै भागेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । खुकरी प्रहारबाट बानियाँको खुट्टामा गम्भीर चोट लागेका प्रहरीले जनाएको छ । बाँनियाको  जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।विवेकलाई आक्रमण गरेपछि प्रेमले पार्टीका कार्यवाहक अध्यक्ष खतिवडालाईसमेत  आक्रमण प्रयास गरेका थिए । 

स्थानीय ठेकेदार प्रेम मावोले लेनदेनको विषयमा बानियाँमाथि खुकुरी प्रहार गरेका हुन् । मावोले दिनुपर्ने ९ लाख २० हजार रूपैयाँ बानियाँले ताकेता गरिरहेकोमा मावोले दिएको चेक नसाटिएपछि उनले केही दिनअघि चेक बाउन्सको मुद्दा दायर गरेको बताइएको छ।

मुद्दा दायर गरेपछि हिजो सो विषयमा दुई पक्षबीच छलफल भएको थियो। आज भने होटल अगाडि खेदाईखेदाई खुकुरी हानिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : १७ बजे